समयमा काम सम्पन्न नगर्ने ३८ निर्माण कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

फाइल तस्विर

काठमाडौं, २५ चैत । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, जनकपुरले ३८ वटा निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

शुक्रवार एक सूचना जारी गर्दै समयमा काम सम्पन्न नगर्ने विभिन्न ठेक्काहरु अर्न्तगत कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएको भन्दै स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

सूचनामा भनिएको छ सूचनामा यस कार्यालयको विभिन्न ठेक्काहरु अर्न्तगत कार्यको प्रगति सन्तोषजनक नरहेको तथा लामो समय व्यतित हुँदा पनि कार्य प्रगति सुधार नभएको सन्दर्भमा पटक पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा हालसम्म पनि कार्य प्रगतिमा सुधार नभएको, पेश भएको कार्यतालिका बमोजिम कार्य नभएको, साथै कार्य सम्पन्न गर्ने तर्फ अग्रसर भएको नदेखिएको हुँदा विश्वसनीय स्पष्टीकरण सहित यो सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित मितिले ७ दिनभित्र आधिकारिक प्रतिनिधि स्वयं यस कार्यालयमा उपस्थित हुनु हुन तथा सडकरपुल निर्माण सुधार कार्य यथाशक्य चाँडो सम्पन्न गर्नुहुन पूनः जानकारी गराइन्छ, अन्यथा प्रचलित कानुन एवं ठेक्का सम्झौताका शर्तहरु वमोजिम कारवाही प्रकृया अगाडी वढाइने व्यहोरा उल्लेख छ।

उल्लेखित विवरण पेश नगरेका सार्वजनिक खरिद ऐन २०६३, खरिद नियमावली २०६४ बमोजिन ठेक्का अन्त्य गर्ने सूचनामा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here