‘नयाँ वर्ष आयो हिरोको अफर पायो’, १ लाखसम्मको बम्पर पुरस्कार

काठमाडौं । नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालिले नयाँ वर्ष अफर ल्याएको छ ।

हिरो मोटरसाइकलको विक्रेता कम्पनी एनजीएम हिरोले नयाँ वर्ष २०७९ लाई लक्षित गरी नयाँ अफर ल्याएको हो ।

‘नयाँ वर्ष आयो हिरोको अफर पायो’ ट्यागलाइनमा उपलब्ध अफर अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा पक्का डिस्काउन्ट देखि बम्पर सम्मको अफर पाइने बताइएको छ ।

यस अन्तर्गत कुनै नयाँ बाइक वा स्कुटर किन्दा स्क्र्याच कार्ड पाइने र त्यसबाट १ लाख रुपैयाँ सम्मको छुट उपलब्ध हुनेछ । त्यसैगरी बम्पर पुरस्कारको रुपमा १ लाख रुपैयाँ उपलब्ध हुनेछ ।

हिरोले शून्य प्रतिशत ब्याजदरमा बाइक र स्कुटर लिन सकिने व्यवस्था गरेको छ । त्यसैगरी पुरानो मोटरसाइकल वा स्कुटरसँग नयाँ बाइक वा स्कुटर एक्सचेन्ज गर्न सकिने सुविधा समेत उपलब्ध छ ।

हिरोका विभिन्न मोडलका बाइक र स्कुटर नेपाली बजारमा उपलब्ध छन् । हालै तीन नयाँ मोडल एक्सपल्स २०० फोरभी, ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज १२५ नेपाली बजारमा उपलब्ध गराएको छ ।

हिरोको ‘एक्सपल्स २०० फोरभी’, ‘ग्ल्यामर एक्सटेक’ र ‘मेस्ट्रो एज’ नेपाली बजारमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here