मञ्जुश्री फाईनान्सको कलंकी शाखाको औपचारिक उद्घाटन

काठमाडौं, २५ चैत । मञ्जुश्री फाईनान्स लिमिटेडले कलंकी शाखाको औपचारिक उद्घाटन गरेको छ ।

मञ्जुश्रीले का.म.न.पा. वडा नं. १४ रहेको आफ्नो २५ औं शाखाको शुक्रवार उद्घाटन गरेको हो ।

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र का.म.न.पा वडा नं १४ का वडा अध्यक्ष शोभा सापकोटाले एक समारोहकाबीच उद्घाटन गरे ।

२०७८ साल पौष मसान्त सम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ ।

यसका साथै यस फाईनान्सले विप्रेशण,मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र ATM सेवा लगायत सरल कर्जा र निक्षेपमाआकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

मञ्जुश्री फाईनान्सको गोंगबु शाखाको उद्घाटन

मञ्जुश्री फाइनान्सको २३ औं शाखा कार्यालय चावहिलमा उद्घाटन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here