गाडीभाडा बढ्यो: काठमाडौंमा ३८ रुपैयाँसम्म तिर्नुपर्ने, अब चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

फाइलफोटो

काठमाडौं, २५ चैत । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ ।

बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो ।

जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३३ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

५ किलोमिटर दुरीसम्मको भाडा २० कायम गरिएको छ भने १० किलोमिटरसम्म २५ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ।

यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम १८ रुपैयाँ लिँदै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here