नेपाली कांग्रेस गोरखा क्षेत्र नं १ को प्रवक्तामा २५ वर्षीय राजन श्रेष्ठ नियुक्त

ग‍ोरखा । नेपाली कांग्रेस क्षेत्र नं १, गोरखाको प्रवक्तामा राजन श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ६३ मा व्यबस्था भए बमोजिम गोरखाको शहिद लखन गाउँपालिका वडा ७ का राजन श्रेष्ठलाई प्रवक्तामा नियुक्त गरिएको हो ।

सानै उमेरमा राजनीतिमा होमिएका श्रेष्ठ २०७१ सालमा नेपाल विद्यार्थी संघ जनमैत्री बहुमुखी क्याम्पसको इकाइ सभापति भएका थिए ।

२०७५ सालमा नेपाल विद्यार्थी संघ गोरखा काठमाडौं सम्पर्क समितिको उपाध्यक्ष पद सम्हालेका श्रेष्ठको क्षमताको कदर गर्दै पार्टीको महत्वपूर्ण जिम्मेवारी दिईएको क्षेत्रीय सभापति नारायण प्रसाद लामिछानेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here