एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,श्रीलंका हुन कसैले रोक्न सक्दैन’

काठमाडौं, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ‘गठबन्धन सरकारले अर्थतन्त्रलाई जोखिममा धकेलेको बताएका छन् ।

नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्रीले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका हुन् ।

उनले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले एमालेले सुदृढ अर्थतन्त्र छाडेर विदा भएको तर अहिलेको सरकारले ९ महिनामै आर्थिक अवस्था अत्यन्त जोखिमको अवस्थाबाट गुज्रिएको दावी गरे ।

पूर्व अर्थमन्त्री विष्णु पौडेलले भने, ‘सचेत भएर सार्थक हस्तक्षेप गर्न सकेनौं भने मुलुक श्रीलंका हुनबाट रोक्न सक्दैन ।’

उनले प्रधानमन्त्री, अर्थमन्त्रीले श्रीलंका हुँदैन भनेर दाबी गर्नुको कुनै अर्थ नरहेको बताए । अर्थतन्त्रमा परेका समस्या समाधानका लागि छिटो सम्बोधन गर्नुपर्नेछ ।

‘हामीले सरकार छाड्दा मूल्यवृद्धि चार प्रतिशत तल थियो । रेमिट्यान्स बढीरहेको थियो र विदेशी मुद्रा सञ्चिति १४ खर्ब रुपैयाँ बराबर थियो, जसले ११ महिनाको आयात धान्न पुग्थ्यो,’ पूर्वअर्थमन्त्री पौडेलले भने, ‘शुरुका वर्षमा हामीले ७ प्रतिशतको आर्थिक वृद्धिदर पनि हासिल गरेका हौं ।’

‘कुनै मन्त्री वा प्रधानमन्त्रीले भाषणमा आर्थिक अवस्था बिग्रिएको छैन। सुधार्छौँ भनेर हुँदैन’, उनले भने, ‘अर्थतन्त्र सुधारको लागि तदनुकूलको नीति अवलम्बन गर्नुपर्छ।’

उनले अर्थतन्त्रलाई नकारात्मक असर पर्नेखालका काममा सरकार अघि बढिरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here