आइएमई पे र दराजबीच सम्झौता, दराजबाट समान किन्दा १० प्रतिशत छुट

काठमाडौं, २७ चैत । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

आईएमई पे सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।

उक्त सम्झौतापत्रमा आईएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका हुन्।

आईएमई पे सेवाग्राहीले नेपाली नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत २८ देखि २०७९ वैशाख ७ को दिनसम्मको लागि आईएमई पेमार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि १२ः३० सम्म १० प्रतिशत छुट, १ हजार रुपैयाँ अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टापछि दैनिक आधा–घण्टामा १० प्रतिशत छुट अधिकतम ७ सय ५० रुपैयाँसम्म हुने व्यवस्था मिलाइएकोे छ।

व्यस्त समयमा बिहान ८ बजेदेखि ८ः३० सम्म र दिउँसो ३ बजे देखि ३ः३० सम्म हुनेछ साथै दराजको १ रुपैयाँको गेममा पनि सहभागी भएर सामसङ ए ०३ कोर, क्युएन्डयू क्विन साइज बेड ७–५ फिट, नार्जो ५० जस्ता आकर्षक उपहार पनि जित्न सकिने बताइएको छ।

यो अभियानको मोडालिटी सामूहिक भाउचर हुनेछ जहाँ प्रयोगकर्ताले आईएमई पे भाउचर सङ्कलन गरी छुट रिडिम गर्नेछन्।

यस सम्झौताको मुख्य उद्देश्य आइएमई पे सेवाग्राहीहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको कम्पनीको दाबी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here