सञ्चालनमा आयो ‘भेटायो’ एप,किन प्रयोग गर्ने ? यस्ता छन् सुविधा

काठमाडौं । छिटो र सजिलो तरिकाले घरेलु तथा व्यवसायिक सेवा प्रदान गर्न भेटायो एप सञ्चालनमा आएको छ। २०२१ को नोभेम्बरबाट सुरु भएको उक्त एपले हाल काठमाण्डौ उपत्यकामा आफ्नो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

भेटायोको सुरुआत खासगरी समयमै कुनै पनि सेवा पाउन धेरै गाह्रो हुने भएको देखेर कम्पनीले उत्कृष्ट सेवा प्रदायकहरुलाई एकीकृत गर्ने र उनीहरुलाई ग्राहकसँग सजिलै जोड्नका लागि सहयोग गर्ने अनलाइन प्लेटफर्मको विकास गरेको छ।

ग्राहकको अमूल्य समयलाई ध्यानमा राखी ग्राहककै घरदैलोमा व्यावसायिक सेवा सजिलै उपलब्ध गराउनका लागि यो अनलाइन प्लेटफर्म निर्माण गर्ने निर्णय गरिएकको कम्पनीले जनाएको छ। जहाँ प्रयोगकर्ताले भरपर्दो र व्यावसायिक सेवा प्रदायकहरूसँग सजिलै जोडिन सक्ने कम्पनीले दाबी छ।

भेटायो एप किन प्रयोग गर्ने ?

१. उचित र पारदर्शी मूल्य प्राप्त गर्न

२. अनुभवी सेवा प्रदायक छनोट गर्न

३. सेवामा ३० दिनको ग्यारेन्टी पाउन

४. विविध प्रकारका सेवाहरु सजिलै पाउन

कसरी अर्डर गर्ने वा सेवा बुक गर्ने ?

१. दर्ता

हाम्रो एप डाउनलोड गर्नुहोस् र आवश्यक विवरणहरुको साथ दर्ता फारम भर्नुहोस्। जसमा नाम, ठेगाना, ई–मेल आईडी र सम्पर्क विवरणहरु आदि भर्ने वा आफ्नो फेसबुक खाताबाट पनि लग–इन गर्न सक्नेछन्।

२. सेवा लिन

एकचोटि प्रयोगकर्तांले दर्ता गरिसकेपछि प्रयोगकर्ताले खोजेका कुनै पनि आवश्यक सेवा खोज्न र आफ्नो सेवा प्रदायकको मूल्यांकन र विगतका ग्राहक विवरण हेरेर छनौट गर्ने।

३. निश्चितता

ग्राहकले सुविधाअनुसार समय तालिका मिलाएर बुक गर्न सक्छन्। सेवा प्रदायक सोहीअनुसार ग्राहकको स्थानमा आइपुग्ने छन्।

छोटो समयमै भेटायोले आफ्नो सञ्चालनको पहिलो महिनामा १ हजारभन्दा बढी प्रयोगकर्ता र १०० भन्दा बढी सेवा प्रदायक प्राप्त गर्न सफल भएको छ। तिनीहरुको सेवा क्षेत्र हाल काठमाडौं उपत्यकामा सीमित छ। निकट भविष्यमा अन्य सहरमा विस्तार गर्ने योजना कम्पनीको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here