पश्चिमी वायुको प्रभाव: पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ।

जसका कारण आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार सोमवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू-भागको मौसम सामान्यतः सफा रहेको छ।

चैत्र २8 गते (सोमबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ।

राती : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ भने बाँकि भेगको मौसम सामान्यतया सफा रहने छ।

चैत्र २९ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत्र ३० गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। पहाडी भू-भागहरुका केही र तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

राती : : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आँशिक बदली रहने छ। पहाडी भू-भागहरुका केही र तराई भेगका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै पश्चिम तराईका भू-भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेको हुँदा आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here