गठबन्धनको संयुक्त अपील-‘अवस्था अनुसार चुनावी तालमेल, आपसी सहकार्य निरन्तर’

फाइलफोटो

काठमाडौं, २८ चैत । पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले एक अपील जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णयपछि देशभर असन्तुष्टि बढेका बेला सत्तारुढ पाँच दलले सोमबार एक अपील जारी गरेका हुन् ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

अपीलमा भनेका छन्, ‘ ‘समानता कायम गर्न प्रतिगमनलाई परास्त गर्दै नेपाल राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धि हासिल गर्न पाँचदल प्रतिबद्ध रहेको र हिजोका सबै आपसी मतभेदलाई पर पन्छाउदै चुनावमा एकअर्कालाई निरन्तर सहयोग गर्ने प्रण गर्दछौं ।

देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा जान आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here