‘स्थानीय चुनाव रोकिने कुनै सम्भावना छैन्, रोकिए मुलुक दुर्घटनामा जान्छ’

काठमाडौं, २९ चैत । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले  निर्वाचनको तयारीको काम निकै अघिबढी सकेकाले स्थानीय चुनाव रोकिने कुनै सम्भावना नरहेको बताएका छन्।

विराटनगरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा थपलियाले यस्तो बताएका हुन् ।

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएकाले अब कुनैपनि बहानामा निर्वाचन नरोकिने र मिति सार्ने काम कोही कसैबाट हुन नहुनेमा जोड दिए।

‘तोकिएकै समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक दुघर्टनामा जान्छ’ थपलियाले भने, ‘निर्वाचनको उडान रकेटको गतिमा अघि बढेर एउटा निश्चित दुरी र मिसनमा अघि बढिसकेको छ, अब पनि रकेटलाई लक्ष्यविहिन बनाउने काम भयो भने दुर्घटना हुन्छ।’

थपलियाले निर्वाचन हुँदैन भन्ने कुनै शंका नराख्न आग्रह गर्दै ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको, निर्वाचन अधिकृत चयन कार्य पूरा भएको जानकारी दिए ।

अब मतदाता अभिमुखीकरण समेत सुरु हुने अवस्था भइसकेकाले निर्वाचन रोक्ने कुराको कल्पना गर्न नसकिने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here