राइनासमा उम्मेदवार छान्न हम्मे-हम्मे, मेयरमा चिलुवालको वजन कति ?

काठमाडौं । स्थानीय चुनाव नजिकिएसँगै लमजुङ राइनास नगरपालिका प्रमुखका दाबेदारका बिषयमा चर्चा परिचर्चा बढ्न थालेको छ ।

सबै पार्टीका दाबेदार लिष्ट हेर्ने हो भने नेतृत्व पङ्तिलाई उपयुक्त उमेद्वार छान्न हम्मे-हम्मे देखिन्छ । सबै उमेद्वारको नाम चलिरहँदा नेपाली कांग्रेसबाट मेयर पदका दाबेदार बनेका गणेश चिलुवालको वजन कति छ भन्नेतिर सबैको ध्यान तानिएको छ ।

त्यसोत: अघिल्लो स्थानीय चुनावमा पनि गठबन्धन पार्टीसँग भिड्दा झिनो मतान्तरले पराजीत भएका चिलुवाल कांग्रेस भित्रकै अन्तरघातले पराजीत भएको नेका समर्थितहरुनै बताउँछन् ।

‘आफ्नो कारण नभई कांग्रेस भित्रकै अन्तरघातले म पराजीत भएको थिएँ तर यसपटक म जनताको दैलो-दैलोमा पुगेर जनताका दुःखको सहयात्री बनेको छु ।

बिकास निर्माणका काममा लागेको छु । म जत्तिको विकासमुखि र जनताको सहयात्री बनेको अरु कुनैपनि साथीहरु हुनुहुन्न, त्यसैले मेरो मुल्याङ्कन पार्टीले गरिदियो भने नेपाली कांग्रेसले राइनासमा नेतृत्व पाउँछ’, उनी दाबी गर्छन् ।

नगरप्रमुखको उमेद्वार छान्दै गर्दा पार्टीप्रति बफादार, बिकासप्रेमि र जनता केन्द्रित हुन आवश्यक छ, जुन कुरा चिलुवालमा छन् । मत र ‘ह्विम’ हेर्ने हो भने गणेश चिलुवालसँग प्रतिस्पर्धा गर्दै गर्दा अन्य पार्टीका उमेद्वारले एक पटक सोच्नुपर्ने देखिन्छ ।

राइनासकै हकमा हेर्ने हो भने केन्द्रसम्म पुगेर कुनै पदमा नरहँदा पनि व्यक्तिगतरुपमै लडेर बिकासका योजना ल्याउन अहोरात्र खट्ने एक व्यक्ति भनेकै गणेश चिलुवाल भएको अघिल्ला कृयाकलापहरुले देखाइसकेका छन् ।

राइनासमा मात्र होईन, लमजुङ जिल्लाका अन्य धेरै योजनाहरुमा पनि गणेश चिलुवालको मेहनत परेको सुन्न पाइन्छ ।

राइनास यस्तो ठाउँ हो, जहाँका कुनै पनि सडकहरुमा चिलुवालको मेहनत र समय खर्च नभएको होस् । बौद्धिक, बिकासप्रेमि र जनमतको आधारमा नेतृत्वपङ्तिले कोहि उमेद्वार घोषणा गर्छ भने राइनासको हकमा गणेश चिलुवालको बिकल्प नभएको राइनासका बुद्धिजिबीहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here