सेञ्चुरी बैंकको सीइओमा मनोज न्यौपाने नियुक्त

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा मनोज न्यौपाने नियुक्त भएका छन् ।

बुधबार बसेको संचालक समितिको बैठकले उनलाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा आगामी ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि उनी गत साउन १ गतेदेखि कायममुकायम सीइओका रुपमा कार्यरत थिए । बैंकबाट तुलसीराम गौतम बाहिरिएपछि न्यौपानेले कामू सीईओको जिम्मेवारी पाएका थिए ।

काठमाण्डौं विश्वविद्यालयबाट एमबीएमा स्नातकोत्तर गर्नु भएका उनले बैंकिंङ्ग क्षेत्रमा १९ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन् ।

उनी बैंक व्यवस्थापन, संचालन तथा व्यवसाय प्रर्वद्धनका क्षेत्रमा विशेष दख्खल राख्ने प्रष्ट वक्ता, कर्मर्सियल बैंकिंङ्ग तथा लेखा क्षेत्रमा सैद्धान्तिक एवं व्यवहारिक विज्ञता हासिल गरेका एक अनुभवी र कुशल व्यवस्थापकको रुपमा चिनिएका छन् ।

उनको लगनशीलता, बजार पहुँच, बैंकिङ तथा वित्त बजारसम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनमा थप सफलताका साथ अगाडि बढ्ने बैंक सञ्चालक समितिको विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here