पूर्वप्रधानमन्त्री ओलीलाई एसिया प्रशान्तको ठूलो ‘मेधावी योगदान पदक’

…d]wfjL of]ubfg kbsÚ k|bfg sfo{qmd sf7df8f}F, ! j}zfv M /fi6«klt ljBfb]jL e08f/Laf6 k"j{ k|wfgdGqL Pj+ g]skf -Pdfn]_sf cWoIf s]kL zdf{ cf]nLnfO{ ljZj :sfp6 ;+u7g, Plzof k|zfGt If]qsf] ;a}eGbf 7'nf] kbs …d]wfjL of]ubfg kbsÚ k|bfgkl5 ;fd"lxs t:aL/df lvrfOFb} . t:aL/ M k|sfz l;njfn, /f;;

काठमाडौं, १ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट संगठन एसिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गरिएको छ ।

नेपाल स्काउटले बिहीवार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई त्यो पदक प्रदान गरिएको हो ।

प्रधानमन्त्री रहँदा नेपाल स्काउटको अभियान विकास, विस्तार र प्रवद्र्धनमार्फत बालबालिका तथा युवाको सर्वपक्षीय विकासमा पुर्‍याएको योगदानको कदर गर्दै ओलीलाई पदक प्रदान गरिएको हो ।

समारोहमा राष्ट्रपति भण्डारीले शान्तिपूर्ण राजनीतिक यात्राका क्रममा लामो जेल जीवन बिताएर मुलुकका लागि पूर्व प्रधानमन्त्री ओलीले दिएको योगदानप्रति ‘मेधावी योगदान पदक’ले गौरव प्रदान गर्ने बताइन् ।

कार्यक्रममा नेपालका ज्येष्ठ स्काउट कलाकार प्रा. गोविन्दनारायण ज्यापुलाई पनि सम्मान गरिएको थियो । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीका अनुसार अध्यक्ष ओली त्यो पदक प्राप्त गर्ने पहिलो नेपाली हुन् ।

नेपाल स्काउट ऐन २०५० ले प्रधानमन्त्रीलाई नेपाल स्काउटको संरक्षक हुने कानुनी व्यवस्था गरेको छ ।

प्रधानमन्त्रीकै रूपमा ओलीले विभिन्न स्काउट कार्यक्रममा सहभागिता जनाउनुका साथै ‘बालबालिकासँग प्रधानमन्त्री’ भन्ने कार्यक्रम सुरु गराएका थियो ।

ओलीकै पहलकदमीमा पछिल्लो समय नेपाल स्काउटको संरचना सात सय ५३ वटै पालिकामा विस्तार भएको छ भने बजेटमै प्रबन्ध भइ देशका सबै विद्यालयमा स्काउट एकाइ सञ्चालन गर्ने कार्य थालनी भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here