सुनको मूल्य प्रतितोला १ लाख २ हजार पुग्यो

काठमाडौं, २ वैशाख । नयाँ वर्षमा कारोबार सुरु भएको पहिलो दिन शुक्रबार पनि सुनको मूल्य बढेको छ।

शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।

बुधबार सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको भाउ प्रतितोला तोला १ लाख १ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । बुधबार १ हजार ४ सयमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४ सय १५ रुपैयाँ निर्धारण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here