अर्जुन दास हत्याका मुख्य अभियुक्तसहित चारजना तीन महिनापछि पक्राउ

काठमाडौं, २ वैशाख । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले घाँटी छिनालेर रुखमा झुन्ड्याइएको अवस्थामा फेला परेका अर्जुनको हत्या आरोपमा मनोज भण्डारीसहित चारजनालाई रुपन्देहीको सिदार्थनगर नगरपालिका-१ बेलहिया सीमानाकाबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सुमित साउद, मनोज भण्डारी, दिलीप दास र बम बोहरा रहेका छन् । उनीहरू चारै जना १९ वर्षीय हुन् ।

भारतमा लुकिछिपी बसेका उनीहरूलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि मनोजले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here