सुनचाँदीको भाउ बढ्यो, सुनको कारोबार प्रतितोला १ लाखभन्दा माथि

काठमाडौं, ५ वैशाख । सोमबार सुनचाँदीको मुल्य बढेको छ । सोमवार छापावाल सुन प्रतितोला एक लाख २ हजार ५ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा पाँच सय रुपैयाँ बढी हो। आइतबार सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो।

यस अघि आइतबार छापावाल सुनको मुल्य एक लाख २ हजार रहेको थियो ।

महासंघका अनुसार सोमबार तेजाबी सुनको मुल्य प्रतितोला एक लाख २ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला एक ५ रुपैयाँले बढेर १४२० रूपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here