‘भरतपुर नै रेणु नै चाहिन्छ भन्ने छैन, नेतृत्व लिइराखेको दिए सहज हुन्छ’-प्रचण्ड

काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको मेयरमा आफूहरुले अडान नराखेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अहिले चर्चा भएजस्तो भरतपुर महानगर नै चाहिने र छोरी रेणु दाहाल नै प्रमुख हुनुपर्ने माओवादीको अडान नरहेको बताएका हुन्।

‘भरतपुर नै नभइ भएन, रेनु नै नभइ भएन भन्ने हाम्रो अडान होइन’, प्रचण्डले भने, ‘भागवण्डा गर्दा त एउटा माओवादी केन्द्रको भागमा पर्ने होला। काठमाडौं, बिराटनगर, भरतपुर जे भए पनि हुन्छ भनेको छु।’

उनले अहिले नेतृत्व लिइराखेको र अलि बढी सहज हुने भएकाले भरतपुर हुँदा सहज हुने उनको भनाइ छ।

‘जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो,’ उनले भने, ‘मोटामोटी सहमति पनि भएको छ। भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ। कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्दैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here