आइएमई पेबाट हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक, अतिरिक्त ३०० रुपैयाँ छुट

काठमाडौं, ५ वैशाख । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले हवाई उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीहरुले हवाई उडान टिकट काट्दा सर्वाधिक क्यासब्याक पाउने छन् । साथै, अतिरिक्त ३०० छुट प्राप्त गर्न सक्नेछन् ।

यात्राको लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकोले, आइएमई पेले यात्रुहरुलाई हवाई उडान मार्फत यात्रा गर्न प्रोत्साहन दिन समय–समयमा यस्ता योजनाहरु प्रस्तुत गर्दै आएको छ ।

नयाँ योजना अनुसार हवार्ई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गण्तव्यको फ्री हवाई टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याएको छ ।

योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउनेछन् ।

फर्स्ट टाइम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै ३०० रुपैयाँ अतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाई उडान टिकट बुक गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here