एकीकृत समाजवादीको घोषणापत्र: एमालेसँगको विद्रोहदेखि नि:शुल्क खानेपानी र बिजुलीसम्म(पूर्णपाठ)

काठमाडौं, ६ वैशाख । सत्तासाझेदार (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।

मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गरेका हुन्।

घोषणापत्रमा ४ वटा प्रमुख र ३७ वटा उपबुँदा रहेको जनाइएको छ। घाेषणापत्रमा ‘जनमुखी स्थानीय सरकार विकास र समृद्धिको आधार’ नारा तय गरिएकाे छ । एमालेसँग गरेको विद्रोह किन भयो ? भन्नेबारे घोषणापत्रमा समावेश गरिएको छ।

घोषणापत्रमा सर्वसाधारणलाई २०० युनिटसम्म विजुली निशुल्क दिने घोषणा गरेको छ । त्यस्तै खानेपानी निशुल्क गर्ने, स्थानीय सरकारको बजेटको पहिलो प्राथमिकतामा स्वास्थ्य राख्ने पनि उल्लेख गरिएको छ ।

त्यसैगरी घोषणापत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौमहिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔं लगायतका कार्यक्रम समावेश गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here