‘मेघगर्जन/चट्याङसहित वर्षा गराउने बादल पूर्व-दक्षिणतिर सर्दैछ, सतर्क रहनू’-मौसम पूर्वानुमान महाशाखा

काठमाडौं, ६ वैशाख । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले देशको पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पहाडी क्षेत्रमा मेघगर्जन/चट्याङसहित वर्षा गराउने बादल विकसित भई पूर्व–दक्षिणतिर सर्दैछ। यसैले सतर्कता अपनाउन भनिएको छ।

वैशाख ६ गते (मंगलबार)

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख ७ गते (बुधबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

वैशाख ८ गते (बिहीबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। अपरान्ह पछाडि देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

राती : प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/ हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ। देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न पनि आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here