वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा कमाउने ग्लोबल आइएमई, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकले चालू आर्थिक बर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

अपरिस्कृत वित्तीय अनुसार खुद नाफा ४.१३ प्रतिशत बढेर ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख ६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । तेस्रो त्रैमासको अवधिमा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंक नै रहेको छ ।

ग्लोबल आईएमई नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक हो । दोस्रो त्रैमासअन्त्य सम्म पनि सबैभन्दा बढी नाफा गर्ने वाणिज्य बैंक ग्लोबल नै थियो ।

चालु आर्थिक बर्षको ९ महिनामा बैंकको खुद बयाज आम्दानी ८.२९ प्रतिशत बढेर ७ अर्ब ४३ करोड ९७ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ६ अर्ब ८७ करोड २ लाख १२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस अवधिमा बैंकको सत्तचालन मुनाफा २.७३ प्रतिशत बढेर ५ अर्ब १७ करोड ५६ लाख ६७ हजार रुपैयाँ र वितरणयोग्य नाफा १ अर्ब ९१ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर २३ अर्ब ७९ करोड ५७ लाख ७३ हजार रुपैयाँ, जगेडा कोष २१.६१ प्रतिशत बढेर ९ अर्ब ८४ करोड ७४ लाख ४८ हजार रुपैयाँ, निक्षेप संकलन ०.२४ प्रतिशत बढेर २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख ५९ हजार रुपैयाँ र कर्जा १३.८० प्रतिशत बढेर २ खर्ब ६० अर्ब २० लाख ९६ हजार २९ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १.१७ रुपैयाँ घटेर २० रुपैयाँ ८८ पैसामा सिमित भएको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ०५ पैसा रहेको थियो । बैंकको प्रतिशेयर नेटवर्थ १४९.४५ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here