राप्रपाले चुनाव जिते स्वास्थ्य बीमा निःशुल्क, सुत्केरीलाई मासिक भत्ता (पूर्णपाठ)

काठमाडौं, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक घोषणापत्रमार्फत राप्रपाले कक्षा १२ सम्म पूर्ण निशुल्क शिक्षा दिने घोषणा गरेको छ ।

यस्तै स्थानीय तहहरूमा ५० प्रतिशतसम्म कर कटौतीको गर्ने जनाएको छ ।यस्तै, प्रत्येक वडामा निम्न आए भएका सुत्केरीलाई तीन महिनासम्म मासिक तीन हजार रुपैयाँ भत्ता दिने प्रतिबद्धता पनि गरिएको छ ।

घोषणा पत्रमा पहिलो प्रथामिकता सुशासलाई दिइएको छ । सुशासनभित्र भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र सबै स्थानीय ऐनहरुको निर्माण तथा परिमार्जन गर्ने भनिएको छ ।

साथै, रोजगारमूलक उद्योग स्थापना गर्नेलाई भौतिक पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट दिने पनि घोषणा पत्रमा भनिएको छ ।

महिलाद्वारा सञ्चालित साना तथा घरेलु उद्योग व्यवसायमा १२ वर्षसम्म स्थानीय कर छुट दिने घोषणापत्रमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here