सुनको मूल्य सामान्य वृद्धि, चाँदीको घट्यो

काठमाडौं, ८ वैशाख । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा ३ सय रुपैयाँ बढेको हो ।

महासंघका अनुसार बुधबार १ लाख ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य १ लाख ४०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बुधबार १ हजार ३८५ रुपैयाँ कायम भएको चाँदी बिहीबार प्रतितोला १ हजार ३८० सय रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here