स्वास्थ्य मन्त्रालयले भन्यो-‘कोरोनाको जोखिम बढ्यो, पूर्ण खोप लगाएकाले ३ महिनापछि बुस्टर लगाउनु’

काठमाडौं, ८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत र चीनमा कोरोनाभाइरस संक्रमण बढेकाले नेपालले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन आग्रह गरेको छ ।

भारत र चीनमा पछिल्लो साता कोरोना संक्रमण बढेपछि बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सचेत गराएको हो ।

‘वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकाले संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।’

साथै कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाउने, खोप लगाउन प्रेरित गर्ने र जारी खोप अभियानमा निरन्तर साथ दिने सबैमा मन्त्रालयले आभार प्रकट गर्दै खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिड-१९ विरुद्धको खोप र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा खोप लगाउन अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here