महिन्द्राको युभो ट्रयाक्टर नेपालमा, एग्रोटेक चितवनमा सार्वजनिक

क्लाउडपत्रिका
काठमाडौं, २१ माघ । महिन्द्राको युभो ट्रयाक्टर चितवनमा सार्वजनिक गरिएको छ । प्रदेश नम्बर ४ का कृषिमन्त्री दावा दोर्जेले चितवनमा जारी एग्रोटेक अन्तरराष्ट्रिय प्रदर्शनी २०१९ मा युभो ४१५ डीआई लञ्च गरेका हुन् ।

नयाँ एस महिन्द्रा युभोले कृषिमा नयाँ सम्भावनाहरु खोल्ने ट्रयाक्टरको नेपाल वितरक अग्नि इन्कर्पोरेटेडले बताएको छ । उसका अनुसार यसमा प्रयोग भएका ४ सिलिण्डर इञ्जिन, नयाँ विशेषता सहितको ट्रान्समिसन तथा हाइड्रोलिक्सजस्ता नयाँ प्रविधिले यसलाई अझ गुणस्तरीय बनाएको छ ।

महिन्द्रा युभो ४१५ डीआईमा भएको उच्च लिफ्ट, डिलक्स सीट, लेन्स हेडलाइट जस्ता सुविधाले यसलाई अरु ट्रयाक्टरभन्दा भिन्न र उत्कृष्ट बनाएको कम्पनीको दाबी छ । यो ट्रयाक्टर ३० भन्दा बढी कार्य गर्न सक्ने पनि बताइएको छ ।
भारतमा यो ट्रयाक्टरको मूल्य भारु ५ लाखदेखि साढे ६ लाख सम्म पर्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here