रियलमीको स्मार्टफोन सी-३५ नेपालमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री-लेभल स्मार्टफोन सी ३५ सार्वजनिक गरेको छ ।

रियलमीले सधैँ झैँ विश्वभरका युवा वर्गका लागि अभूतपूर्व एन्ट्री-लेभल स्मार्टफोन ल्याउन कम्पनीको ‘डियर टू लिप’ अवधारणालाई जारी राखेको छ ।

रियलमी सी ३५ मा फ्लागशिप स्तरको ५० एमपी प्राइमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र एफर१.८ एपर्चर, फोटोमा धेरै विवरण लिन सकिने फिचर छ । यसले ब्लकबस्टर शट लिन प्रयोगकर्तालाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी ३५ ले थप एफ।२।८ एपर्चर बी राखेको छ ।

एन्ट्री लेभल मा स्टाईलिश डिजाइन

सन् २०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री-लेभल स्मार्टफोनको रुपमा डिजाइन गरिएको, रियलमी सी ३५ को ८।१ एमएम राईट-एंगल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो । यो डाईनामिक ग्लोइङ डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रंग-ग्लोइंग ब्ल्याक र ग्लोइङ् ग्रीनमा उपलब्ध छ ।

आफ्नो श्रेणीमा उत्कृष्ट

टियूभी रेन्ल्याण्ड हाई रिलायबलिटी सर्टिफिकेसन सिरीज अन्तर्गत रियलमी सी ३५ ले टियूभी स्मार्टफोन हाई रिलायबलिटी सर्टिफिकेसन र रियल क्वालिटी गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ ।

मेगा ब्याट्री र एफएचडी डिस्प्लेको साथ उत्कृष्ट अनुभव

रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रंगहरुमा उपलब्ध छ-ग्लोइङ ब्ल्याक र ग्लोइङ ग्रीन । दुई स्टोरेज भेरियन्टहको मूल्य क्रमश (४ जीबी प्लस ६४ जीबी) को २० हजार ४९९ रुपैयाँ र (४ जीबी प्लस १२८ जीबी)को मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही बैशाख ८ देखि उपलब्ध भएको छ ।

रियलमी सी ३५ मा सी सिरीज अन्तर्गतको ५ हजार एमएएच् ब्याट्री र १८वाट फास्ट चार्जको फाइदा लिन सकिन्छ ।
जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीजअन्तर्गत सी ३५ मा ६.६ ईन्च एफएचडी फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ ।

रियलमी एक विश्वव्यापी उदयमान उपभोक्ता प्राविधिक कम्पनी हो जसले अत्याधुनिक प्रविधि सुलभ बनाएर स्मार्टफोन र एएलओटी बजारमा आफ्नो उपस्थिति जनाइरहेको छ । यसले युवालाई किफायती मूल्यमा स्मार्टफोन र प्रिमीयम स्पेक्स, क्वालिटी र ट्रेन्डसेडिङ डिजाइन सहितको लाइफस्टाइल टेक्नोलोजी डिभाइस उपलब्ध गराउँदछ ।

सन् २०१८ मा ‘डियर टू लिप’को नारा सहित ‘स्काइ ली’ ले स्थापना गरेकाे रियलमी विश्वको सातौँ ठूलो स्मार्टफोन कम्पनी हो ।

सन् २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ । चीन, दक्षिणपूर्वी एशिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरुमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here