विकास बैंकहरुको नाफा ९.६९ प्रतिशत बढ्यो, धेरै कमाउने मुक्तिनाथ र गरिमा

काठमाडौं, ९ वैशाख । राष्टिय स्तरका विभिन्न विकास बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

९ महिनाको अवधिमा विभिन्न ८ राष्ट्रियस्तरका विकास बैंकले झण्डै ५ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् ।

चैत मसान्तसम्म कुल ४ अर्ब ९३ करोड ५९ लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्ष विकास बैंकहरूले ४ अर्ब ४९ करोड ९९ लाख ९१ हजार ३३९ रुपैयाँ कमाएका थिए।

जुन गत वर्षको तुलनामा ९.६९ प्रतिशतले बढी हो । समिक्षा अवधिमा २ विकास बैंकको नाफा घटेको छ भने ६ विकास बैंकको नाफा बढेको छ ।

समिक्षा अवधिमा कामना सेवा विकास बैंक र ज्योती विकास बैंक बाहेकका अन्य बैंकको नाफा बढेको छ ।

धेरै कमाउनेमा मुक्तिनाथ विकास बैंक भएको छ। बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

दोस्रो सर्वाधिक नाफा कमाउने गरिमा विकास बैंक रह्यो। बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.६९ प्रतिशत बढेको छ। बैंकले यो वर्ष ७८ करोड ४६ लाख नाफा कमाएको छ। गत वर्ष ६७ करोड ८२ लाख रुपैयाँ रहेको थियो।

समिक्षा अवधिमा महालक्ष्मी विकास बैंकको नाफा सबैभन्दा धेरै ७६.९७ प्रतिशत बढेर ७१ करोड ४२ लाख ८५ हजार ३९६ रुपैयाँ आर्जन गरेको छ ।

गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ४० करोड ३६ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । प्रतिशतका हिसावले अग्रस्थानमा भएपनि तेस्रो नम्बरमा पर्छ ।

ज्योति विकास बैंक, लुम्बिनी डेभलपमेन्ट बैंक र कामना सेवा विकास बैंकको नाफा भने ५० करोड रुपैयाँभन्दा बढी छ। समीक्षा अवधिमा सोही वर्गको सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा सबैभन्दा कम देखियो।

बैंकले चैत मसान्तसम्म ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यस्तै, साइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा पनि ४८ करोड रुपैयाँ छ।

सांग्रिला विकास बैंकको खुद नाफा १३.९३ प्रतिशत बढेर ४० करोड ६ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ। गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३५ करोड १६ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here