९ महिनामा ५० लाख थान मोबाइल भित्रियो, चीनबाट मात्रै २० अर्ब ६२ करोडको आयात

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ५० लाख मोबाइल नेपाल भित्रिएको छ । भन्सार विभागको चैत महिनासम्मको तथ्यांक अनुसार ५० लाख ८५९ थान मोबाइल नेपाल भित्रिएको हो ।

५० लाख ८५९ थान मोबाइल नेपाल भित्रिँदा ३४ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ बाहिरिएका छन् ।

चीनबाट मात्रै साढे २० अर्बको आयात

चालू आर्थिक वर्षको ९ महिनामा चीनबाट सबैभन्दा धेरै मोबाइल नेपाल भित्रिएको छ । विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा चीनबाट मात्रै चीनबाट २० अर्ब ६२ करोड ९५ लाख ९६ हजार रुपैयाँ मोबाइल भित्रिएको छ ।

धेरै मोबाइल आयात हुने देशमा भारत दोस्रो स्थानमा छ । यस समयमा भारतबाट १२ अर्ब १५ करोड ७ लाख ५० हजार रुपैयाँ मोबाइल भित्रिएको छ ।

त्यस्तै, भियतनामबाट १ अर्ब ४९ करोड ७१ लाख १५ हजार रुपैयाँ, युएईबाट २४ करोड ३८ लाख ५० हजार रुपैयाँ, अमेरिकाबाट १२ करोड १४ लाख ३६ हजार रुपैयाँ र बंगलादेशबाट १० करोड ३ लाख १६ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएका छन् ।

यी देशहरु बाहेक डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आइसल्याण्ड, इन्डोनेसिया, इराक, आयरल्याण्ड, इजरायल, इटाली, जापान, केन्या, दक्षिण कोरिया, कुवेत, लग्जेम्वर्ग, मलेसिया, माल्टा, नेदरल्याण्ड्स पनि मोबाइल आयात भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा मोबाइल आयात बढी हो । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले कूल ३६ अर्ब ९० करोड ४५ लाख ८४ हजार रुपैयाँको मोबाइल आयात गरेको थियो ।

गत आर्थिक वर्षभर ७० लाख ३० हजार ३६६ थान मोबाइल सेट नेपाल भित्रिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here