एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, ९ वैशाख । नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा सञ्चालनमा ल्याइएको पार्टी केन्द्रिय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले सो घोषणा पत्र सार्वजनिक गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणा पत्रमा घोषणा पत्रमा आगामी दिनमा हाम्रो पार्टी कसरी अघि बढ्छ भन्ने स्पष्ट योजना उल्लेख गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिए।

घोषणापत्रमा विगतमा एमाले सरकारमा रहँदा भएगरेका कामको पनि समीक्षा गरिएको उनले बताए। एमालेले केन्द्रबाट चुनावी घोषणापत्र सार्वजनिक भइरहँदा देशभरिका सबै पालिकामा चुनावी प्रतिबद्धता सार्वजनिक गरिएको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here