हिमाल चढ्न अनुमति लिनेमा सबैभन्दा धेरै अमेरिकी नागरिक, कतिले चढ्दैछन् ?

काठमाडौं, १० वैशाख । जारी वसन्त ऋतुमा सगरमाथासहितका करीव दुइ दर्जन हिमाल आरोहण गर्न सबैभन्दा धेरै अमेरिकी नागरिक नेपाल आएका छन् । पर्यटन विभागको तथ्यांक अनुसार वसन्त ऋतुमा हिमाल चढ्न शुक्रबारसम्म कुल ८४४ जनाले अनुमति लिएका छन् ।

यसमध्ये अमेरिकाबाट मात्र १३२ जनाले अनुमति लिएको विभागले जनाएको छ । यो संख्या सगरमाथासहित अन्य सबै हिमाल चढ्न लिएको अनुमति हो । अमेरिकाबाट २७ महिला र १०५ जना पुरुष आरोही नेपाल आएका छन् ।

विभागक अनुसार दोस्रो स्थानमा बेलायत रहेको छ । बेलायतबाट ९१ जनाले अनुमति लिएको विभागको तथ्यांक रहेको छ । जसमा १४ जना महिला रहेका छन् । तेस्रो स्थानमा नेपाली नागरिक छन् ।

यो सिजन शुक्रबारसम्म ६२ जना नेपालीले आरोहणमा जाने गरि विभागबाट स्वीकृति लिएको देखिएको छ । युद्धग्रस्त मुलुक रुसबाट २८ र युक्रेनबाट एक जना आरोही नेपाल आएको तथ्यांकमा देखिएको छ । नेपालको छिमेकी मुलुक भारतबाट ५८ आरोही नेपाल आएका छन् ।

कुन मुलुकबाट कति ? (टप ५)
अमेरिका : १३२
बेलायत : ९१
नेपाल : ६२
भारत : ५८
फ्रान्स : ५३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here