कांग्रेसको घोषणा पत्र सार्वजनिक, जनतालाई अनावश्यक सपना नबाँड्ने (पूर्णपाठ)

काठमाडौं, ११ वैशाख । स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक भएको छ।

आइतबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्ण बहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, रामचन्द्र पौडेललगायत नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।

महामन्त्री थापा नेतृत्वमा कांग्रेसले चुनावी घोषणा पत्र बनाएको हो। शिक्षा, स्वास्थ्य, रोजगारलगायत क्षेत्रलाई प्राथमिकता दिएर घोषणा पत्र बनेको कांग्रेसका नेताहरूले बताएका छन्।

घोषणापत्रमा समग्र स्थानीय सरकारलाई हेर्ने कांग्रेसको दृष्टिकोण, स्थानीय सरकारलाई सबल बनाउन प्रतिबद्धता, सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा जनजीविकासँग सम्बन्धित विषय तथा कांग्रेसका प्रमुख रहेका पालिकाहरूका उत्कृष्ट अभ्यासलगाायतका विषयलाई समेटिएको छ ।

कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ। उसले घोषणा पत्रमा आफूले गर्न नसक्ने काम पनि उल्लेख गर्ने भएको छ।

घोषणा पत्रमा समेट्ने विषयवस्तु कांग्रेसले विज्ञहरुसँग सुझाव लिएको थियो।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here