काठमाडौं, ११ वैशाख । जनता समाजवादी पार्टीले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ।
जसपाका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणापत्रमा आधारभूत तहमा मातृभाषामा शिक्षा प्रदान गरिने ,आधारभूतभन्दा माथिल्लो तहमा अंग्रेजी, नेपाली र कम्तीमा एक प्रादेशिक भाषासहित बहुभाषिक नीति लागू गरिने जनाइएको छ ।
गणित, विज्ञान, स्वास्थ्य विज्ञानलगायतका आधुनिक विषयहरूको पढाई अंग्रेजी माध्यामबाट गरिने उल्लेख गरिएको छ ।
विद्यालय र घरवस्तीको दूरी १ घण्टाभन्दा बढी भएका विद्यार्थीहरूका लागि विद्यालय हाताभित्रै होस्टल निर्माण अभियान प्रारम्भ गरिने र स्थानीय तहहरूले शिक्षामा सुरुमा कूल बजेटको १० प्रतिशतसम्म लगानी गर्ने जनाइएको छ ।
























