क्यान इन्फोटेकको पाँचौं दिनः एसोसेरिजका स्टलहरूमा विशेष छूट

काठमाडौं । आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको पांचौ दिन सुचना प्रविधि सम्बन्धि कलेज तथा स्टार्टअप एवं इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण देखिएको छ ।

गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेला सोमबार सम्पन्न हुँदैछ । इन्फोटेकको अन्तिम दिन आईसीटी एक्सेसेरिज र अन्य विभिन्न स्टलहरूमा विशेष छूट तथा अफरहरूको व्यवस्था गरिएको छ ।

६ दिनसम्म चल्ने इन्फोटेकको दोश्रो अन्तिम दिन आइतवार अन्य दिनको तुलनामा विद्यार्थीहरुको अत्यधिक भिड रहेका कारण सन वे कलेज, सफ्टवारिका कलेज, कान्तिपुर सिटी कलेजलगायतका सुचना तथा संचार प्रविधि सम्बन्धि अध्ययन हुने कलेजहरुमा विद्यार्थीहरुको भिड देखिन्थ्यो ।

इन्फोटेकको इन्नोभेसन पार्टनर सफ्टवेरिका कलेज र एकाडेमिक पार्टनर सनवे कलेजले आफ्नो स्टल रहेका स्थानहरुमा विद्यार्थीहरुद्वारा निर्मित सेन्सरमा आधारित उपकरणहरु, थ्री डी प्रिन्टीङ्ग, मान्छेको क्रियाकलापमा आधारित इलेक्ट्रोनिक्स चार्जिङ्ग, तिन पाङ्ग्रे गाडी, ड्रोन, साइकल रहेका कारण सोहि विधामा अध्ययनरत विद्यार्थीहरु तथा अवलोकनकर्ताहरुमा आकर्षण देखिन्थ्यो ।

इन्फोटेकको सिल्भर प्रायोजक टेक्मिन्ट इन्नोभेसन्सको एआईमा आधारित च्याटबोट, भिडियो केवाइसी, कन्ट्राक्ट म्यानेजमेन्टमा पनि अवलोकनकर्ताको रुचि तथा आकर्षण देखिएको थियो ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी चासो राख्ने सर्वसाधारणदेखि पूर्वराजदूत, पूर्वसचिव र राष्ट्रियस्तरका कलाकाहरूले इन्फोटेक भ्रमण गरिसकेको आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल क्यान महासंघले जनाएको छ ।

सो क्रममा आइतबार पूर्वराजदूत भागीरथ बस्नेत, पूर्वसचिव इन्जिनियर हरी राम कोइराला, नायिका सुष्मा कार्की, चर्चित हास्य कलाकारहरु दीपाश्री निरौला, जितु नेपाल ‘मुन्द्रेलगायतले क्यान अवलोकन गरेका छन् ।

हरेक दिन कुनै न कुनै स्टलले नयाँ–नयाँ वस्तु तथा सेवा सार्वजनिक गरिरहेको प्रदर्शनी सोमबार अझ विशेष रहने महासंघका महासचिव नारायण थापाले बताए । उनका अनुसार फिन्टेक कम्पनि, इन्टरनेट सेवा प्रदायक तथा अन्य कम्प्युटर, ल्यापटप, मोबाइल र आईसीटी एक्सेसेरिजहरूको स्टलहरूमा उल्लेख्य सहभागिता छ । इन्फोटेकमा युवा पुस्ता तथा सुचना तथा संचार प्रविधिमा रुचि राख्नेहरुले स्टार्टअप तथा इन्नोभेसनमा रुचि पुर्वक अवलोकन गरेको उनको भनाइ छ ।

खासगरी कोभिड–१९ महामारीका कारण बढेको सूचना तथा सञ्चार प्रविधिको प्रयोगलाई व्यवस्थित र थप प्रभावकारी बनाउने ज्ञान र दक्षताको खोजीमा मानिसहरू रहेको र आईसीटी एक्सेसेरिजमा भन्दा ब्राण्डिङ, फिन्टेक र स्टार्टअपमा दर्शकको भीड लागेको क्यान महासंघका उपाध्यक्ष खुशल रेग्मीको भनाई छ । इन्फोटकमा बिभिन्न खण्डमा गरी कुल १७० वटा स्टल रहेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here