विराटनगरको मेयरमा कांग्रेसको टिकट नागेश कोइरालालाई, ललितपुरमा चिरिबाबुलाई नै उठाउने

काठमाडौं । नेपाली कांग्रेसले विराटनगर महानगरपालिकाको नागेश कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

कोइराला शेखर कोइराला निकट हुन् ।

विराटनगरको प्रमुखमा डा. कोइरालाले नागेश र अर्का नेता कृष्ण सिटौलाले वर्तमान प्रमुख भीम पराजुलीको नाममा अडान लिएका थिए।

यसअघि सभापति शेरबहादुर देउवाले अमृत अर्याल या डा। डिला संग्रौलामध्ये एकलाई उमेदवार बनाउने तयारी गरेका थिए । तर विवाद बढेको थियो ।

महानगरको प्रमुखमा उम्मेदवारका लागि टिकट पाएका नागेश मोरङ कांग्रेसका उपसभापति हुन्। १३ औँ महाधिवेशनमा उनी जिल्ला सचिव थिए। नागेश पार्टीका पूर्वकोषाध्यक्ष पनि हुन्।

त्यस्तै नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ ।

महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here