गरिमा क्यापिटलले १५.६५ प्रतिशत नगद लाभांश दिने, दिपक पाण्डेय अध्यक्ष निर्वाचित

काठमाडौं, १२ बैसाख । गरिमा क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट १५.६५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

गत शुक्रबार आयोजित कम्पनीको वार्षिक साधारणसभाले २०७८ आषाढ मसान्तमा कायम चुक्ता पूँजी रु ११ करोड ८१ लाखको १५.६५ प्रतिशत अर्थात् रु. १ करोड ८४ लाख ८३ हजार नगद लाभांश र त्यसमा लाग्ने करसमेत वितरण गर्ने स्वीकृति दिएको हो ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालक पनि निर्वाचित गरेको छ । नवनिर्वाचित सञ्चालनकहरुमा दिपक पाण्डेय, रमाकान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ छन् ।

निर्वाचनलत्तै बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई अध्यक्ष पदमा मनोनयन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here