स्थानीय तह निर्वाचन: ३५ हजार २२१ जना उम्मेदवारका लागि १ लाख ३६ हजार बढी प्रतिस्पर्धामा

काठमाडौं, १३ वैशाख । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमवार गरि दुई दिनमा १ लाख ३६ हजारबढीको उमेदवारी परेको छ ।

निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो विवरण अनुसार स्थानीय तहमा देशभर १ लाख ३६ हजार २ सय ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मनोनयन दर्ताको संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो ।

आयोगका अनुसार स्थानीय तहको प्रमुखका लागि ३ हजार २६१, उपप्रमुखका लागि २ हजार ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, आज बिहान सवा सात बजेको आयोगका विवरणअनुसार गाउँपालिका अध्यक्षका ३ हजार २५४ जना र उपाध्यक्षका लागि २ हजार २९२ जनाले मनोनयन दर्ता गराएका छन् ।

स्थानीय तहमा ३० वैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here