सुनको मूल्य घट्यो, चाँदीको स्थीर

काठमाडौं, १३ वैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला तोलामा ९ सयले घटेको हो । सोमवार पनि सुनको मूल्य तोलामा ३ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३५० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here