गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिइने निर्णय

काठमाडौं, १४ बैशाख । स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिइने भएको छ । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले सहमति विपरितको उम्मेदवारी फिर्ता लिने सहमती गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट मा अगाडी बढ्नुपर्ने भनेको थियो ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकपछी शीर्ष नेताहरुले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरुलाई निर्देशन दिइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने र गरेको भए अबिलम्ब खारेज गर्ने सहमति पनि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here