जीवन बीमा कम्पनीले एक महिनामै संकलन गरे १० अर्ब बीमा शुल्क, कुनले कति ?

काठमाडौं, १५ वैशाख । जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् ।

नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।

बीमा समितिको तथ्याङक अनुसार चैत महिनामा जीवन बीमा कम्पनीहरुले १० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रथम बीमा शुल्क वापत २ अर्ब ९८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

तथ्यांक अनुसार सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ भने महालक्ष्मी लाइफ इन्स्योरेन्स पुच्छरमा रहेको छ ।

नेपाली जीवन बीमा कम्पनीमा सबैभन्दा धेरै बजार हिस्सा ओगटेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निरन्तर आफूलाई अग्रपंक्तिमा राख्दै आएको छ ।

सो कम्पनीले यस अवधिमा २ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । प्रथम बीमा शुल्क वापत कम्पनीले ४५ करोड रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । भने प्रथम बीमा शुल्क वापत २४ करोड रुपैयाँ आर्जन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here