जीडीपीमा कृषि क्षेत्रको योगदान घट्यो, मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर २.३ प्रतिशत रहने

फाइलफोटो

काठमाडौं, १५ वैशाख । नेपालको अर्थतन्त्रमा कुन क्षेत्रले कति योगदान दिएको होला रु यसमा सबैको चासो हुनु स्वभाविक हो ।

यस विषयमा अध्ययन गर्ने सरकार मातहतकै संस्थाले कुन क्षेत्रको अर्थतन्त्रमा कति योगदान छ भनेर एक प्रतिवेदन सार्वजनिक गरेको छ ।

देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान घटेको तथ्यांक विभागको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्ष २०७८/०७९ को कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको रहेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रले २३.९५ प्रतिशत तथा गैर कृषि क्षेत्रले ७६.०५ प्रतिशत योगदान रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

चालु आर्थिक वर्षको कृषि क्षेत्र (कृषि, वन तथा मत्स्य) को कुल मूल्य अभिवृद्धि २.३ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ । त्यसैगरी गैर कृषि क्षेत्रको ६.८८ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ ।

आर्थिक क्षेत्रहरूको विस्तृत वर्गीकरण अनुसार वार्षिक वृद्धिदर निम्नानुसार हुने प्रारम्भिक अनुमान गरिएको छ ।

कृषि वन तथा मत्स्य

चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले २३.९५ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । यसै गरी यस क्षेत्रको कुल मूल्य अभिवृद्धि (GVA) वार्षिक वृद्धिदर २.३ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ ।

धानको उत्पादनमा भएको ह्रासका कारणले यस क्षेत्रको वृद्धिमा कमी आउने अनुमान रहेको छ ।तथापि यस क्षेत्रको उत्पादन वृद्धिका लागि सरकारी तथा गैर सरकारी प्रयासहरू सफल हुँदै गएका कारण मत्स्य उत्पादनमा पनि वृद्धि भएको अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here