सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँ बढ्यो, चाँदीको यथावत

काठमाडौं, १६ वैशाख । नेपाली बजारमा शुक्रबार सुनको मूल्य पुनः बढेको छ।

बिहीबार ९८ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य शुक्रबार १ हजार २ सय रुपैयाँ बढ्दै ९९ हजार २ सय रुपैयाँ पुगेको छ।

यो साता लगातार घटेको सुनको मूल्य साताको कारोबारको अन्तिम दिन आज बढेको हो। अघिल्लो साताको शुक्रबार सुन प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो।

मूल्‍य घटेर यो साताको पहिलो दिन आइतबार एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने नबढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।