ओप्पो एफ १९ प्रोको मूल्य घट्यो

काठमाडौं । ओप्पोको एफ सिरिजअन्तर्गत एफ १९ प्रोको मूल्य घटेको छ। चार हजारले घटेर एफ १९ प्रोको नयाँ मूल्य ३५ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

फाेनमा ४८ एमपी मेन क्यामेरा सहितको क्वाड क्यामेरा सेटअप उपलब्ध छ। फोटो तथा भिडियोमा डेप्थ थप्नका लागि कन्सर्टहरूमा मेन क्यामेरा ८ एमपी अल्ट्रा वाइड-एंगल क्यामेरा, २ एमपी म्याक्राे क्यामेरा र २ एमपी मोनो क्यामेराका साथमा काम गर्छ।

प्रयोगकर्ताका लागि सेल्फीले पनि उत्तिकै महत्व राख्छ। यही कुरालाई दृष्टिगत गर्दै फोनमा ३२एमपी फ्रण्ट-फेसिङ क्यामेराको प्रयोग गरिएको छ।

उत्कृष्ट भिडियोका लागि हार्डवेयरका साथै सफ्टवेयर र पोष्ट प्रोसेसिङका लागि समेत फोनमा कम्पनीले विशेष व्यवस्था गरेको छ।

अल्ट्रा स्लिम डिजाइनका लागि पनि एफसिरिज परिचित छ। एफ १९ प्रो मा पनि कम्पनीले यसलाई प्राथमिकताका साथ निरन्तरता दिएको छ। थ्रीडी कर्भ्ड ब्याट्री र ७.८ एमए अल्ट्रा स्लिम बडी सहितको यो फोनको वजन जम्मा १७२ग्राम कायम गरिएको छ।

हत्केलामा फोन बोक्दा पनि आरामदायी अनुभव होस् अर्थात् ‘यू होल्ड इट, यूल् लभ ईट’ भन्ने तिर पनि कम्पनीले विशेष ध्यान दिएको छ।

तीव्र गतिको चार्जिङ सुविधाका लागि ३० वाट भोक फ्ल्याश चार्ज ४.० प्रविधिका साथै ब्याट्री छिटो सकिने कारणले उपभोक्ताको दैनिकीमा कुनै समस्या नआओस् भन्ने सोचका साथ एफ१९ प्रो मा लामो समय सम्म टिक्ने ४३१० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ।

उदाहरणका लागि मात्र ५ मिनेटको चार्जले फोनमा २.९ घण्टा युट्युब हेर्न सकिन्छ। एक पटक पूर्णरुपमा फोनलाई चार्ज गरिसकेपछि यसमा ढुक्क भई १६ घण्टासम्म अनलाइन भिडियो प्लेब्याकको मज्जा लिन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here