त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सूचारु

काठमाडौं, २१ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुन सूचारु भएको छ ।

विमानस्थल परिसरमा बम रहेको हल्लापछी १ घण्टा अबरुद्ध गरिएको आन्तरिक उडान पुन सुचारु भएको हो । तालिमप्राप्त कुकुरसहित सुरक्षकर्मीले विमानस्थलमा सर्च गर्दा केही नभेटिएपछी पून सूचारु गरिएको हो ।

अहिले विमानस्थलका आन्तरिक र बाह्य दुवै उडान शुचारु भइसकेको छ । हल्लापछी आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here