पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, २२ वैशाख । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ।

देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

देशका पहाडी भू-भागहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । राती पनि मौसममा बदली रही देशका विभिन्न स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श महाशाखाले भनेको छ- ‘देशको पहाडी भू–भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ ।’

वैशाख २२ गते (बिहीबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ , मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २३ गते (शुक्रबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा सामान्यतया मौसम सफा रहने छ। प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख २४ गते (शनिबार)

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here