पानीको बहाव अत्याधिक बढेपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलियो

काठमाडौं, २९ असार । पानीको बहाव अत्याधिक बढेपछि कोशी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक भएपछि ब्यारेजका सबै ढोका खोलिएको हो । पानीको बहाव बढेर खतराको संकेत देखिन थालेसँगै ब्याजरेको सबै ढोका खुलेको जिल्ला प्रशासन कार्यालयले जानएको छ ।

सबै जिल्ला डुबानमा परेको कारण रौतहट जिल्ला प्रशासन कार्यालयले शक्रबार नै बाँधको ढोका खोल्न आग्रह गरेको थियो ।

तर, शनिबार पानीको बहाब अत्याधिक भई ३ लाख १८ हजार क्यूसेक पुगेसँगै बाधको सम्पूर्ण ढोका खोलिएको हो । पानीको बहाबले बाधको केही भाग भत्केको थियो । तर, त्यसलाई भारतीय पक्षले मर्मत गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here