चुनावको अवसरमा एनसेलको आकर्षक बोनस डेटा अफर

काठमाडौं, २७ बैशाख । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावको अवसरमा आकर्षक बोनस डेटा अफर ल्याएको छ।

यस अफर अन्तर्गत ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनसस्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्नेछन् ।

उक्त अफर वैशाख२३ गतेबाट लागू भइसकेको छ। जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन्। एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनको लागि मान्य हुने ५० एमबी डेटा पाउने कम्पनीले जानकारी दिएको छ ।

१०० देखि १९९ रुपैयाँसम्मको रिचार्जमा तीन दिनका लागि २००एमबी डेटा पाउँछन्। त्यसैगरी २०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५००एमबी डेटा पाउने बताइएको छ ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफरहरू जस्तै कम्बोप्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेटभ्वाइस प्याकले ग्राहकहरूलाई सुलभदरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here