नेपाल टेलिकमले कमायो ५ अर्ब ४३ करोडभन्दा बढी नाफा

काठमाडौं, २८ वैशाख । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले खुद नाफा घटेकोे छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाखभन्दा बढी नाफा कमाएको हो ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा भने ७ दशमलव ६३ प्रतिशत कम भएको हो ।

कम्पनीको कुल आम्दानी गत वर्ष रू. ३२ अर्ब ५३ करोड ६७ लाखभन्दा बढी भएको छ ।

यो आम्दानी गत वर्षको यसै अवधिसम्म रू. ३१ अर्ब ६७ करोड ३७ लाखभन्दा बढी थियो । कुल आम्दानी गत वर्षको तुलनामा यस वर्ष २ दशमलव ७२ प्रतिशत बृद्धि भएको हो ।

लाभांश वितरणको इतिहासमै यस वर्ष बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब पुगेको छ ।

कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । जगेडा कोष रकम शून्य दशमलव ७६ प्रतिशत कम रू. ७४ अर्ब ११ करोड ७७ लाख कायम भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक रू. ४० दशमलव २६ र प्रतिशेयर नेटवर्थ रू. ५११ दशमलव ७७ रहेको छ । मूल्य आम्दानी अनुपात भने २६ दशमलव ४८ गुणा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here