गुगलले सार्वजनिक गर्यो पहिलो स्मार्टवाच

काठमाडौं । गुगलले आफ्नो पहिलो स्मार्टवाच अनावरण गरेको छ । बार्षिक विकासकर्ता सम्मेलनको अवसरमा सो वाच सार्वजनिक गरेको हो ।

गुगल पिक्सेल वाचले आफ्नै वेयर अपरेटिङ सिस्टमबाट फिटबिट हेल्थ ट्रयाकिङ गर्छ । गुगलले २०१९ मा २ अर्ब १० करोड डलरमा प्राप्ति गरेको थियो । गुगल वाच एन्ड्रोइड डिभाइसमा मात्र जोड्न सकिन्छ ।

त्यस्तै यो फोजी कम्याटिबल छ । अर्थात यो फोनको नजिक नराखेर पनि आफै चल्छ । तर यसका लागि आफ्नै डेटा योजना चाहिन्छ । फोन र घडी दुबै एउटै नेटवर्कमा भने हुनुपर्छ । प्रविधि दिग्गज गुगलले हालसम्म सो वेयरएवलको मूल्य खुलासा गरेको छैन । तर यो शरद ऋतुमा लञ्च गर्दा प्रिमियम उत्पादन हुने बताइएको छ ।

यसले सामसुङ जस्ता स्मार्टवाचहरुमा पहिलेदेखि नै बजारमा अग्रसरमा भएकाहरुबाट कडा प्रतिशपर्धाको सामना गर्दै आएको छ । बजारमा धेरै त्यस्ता एन्ड्रोइड घडीहरु छन् जुन गुगलको वेयर अपरेटिङ सिस्टममा चल्छन् तर गुगलको आफ्ना उपकरण भने हालसम्म छैन । गुगलका उपकरण र सेवाका वरिष्ठ उपाध्यक्ष रिक ओस्टरलोहले गुगलको इकोसिस्टक र फिटबिट विशेषज्ञताका संयोजनले उत्पादनलाई अद्धितिय बनाएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here