एप्पल सर्वाधिक मूल्यवान कम्पनीबाट तल झर्यो, तेल उत्पादक अराम्को शीर्षस्थानमा

काठमाडौं, २९ बैसाख । एप्पलले संसारको सबैभन्दा मूल्यवान कम्पनीको रूपमा आफ्नो स्थान गुमाएको छ ।

विश्वकै सर्वाधिक मूल्यको कम्पनीको रुपमा दुई वर्ष रहेको एप्पललाई साउदी अरबको तेल र ग्यास उत्पादक कम्पनी अराम्ककोले उछिनेको हो । सन् २०२० मा अराम्को संसारको सबैभन्दा मूल्यवान कम्पनी थियो । कच्चा तेल र ग्यासको मूल्य तिब्ररुपमा उकालो लाग्दा अराम्कोको मूल्य बढेको छ भने एप्पलको सेयर मूल्य लगभग २० प्रतिशतले घटेको छ ।

कम्प्युटर, स्वास्थ्य सामग्री लगायत उत्पादनमा अब्बल मानिएको एप्पल पछिल्लो समय आईफोन निर्माताको रुपमा बढी परिचित छ ।

लगानीकर्ताहरुले कम जोखिमका क्षेत्रको खोजीमा प्रविधि कम्पनीहरुको सेयर बेच्न थालेपछि एप्पलदेखि विबटक्वाइनसम्मको सेयर मूल्य तल झरेको छ । बिटक्वाइन, अन्य प्रमुख क्रिप्टोकरेन्सी र डिजिटल कम्पनीहरुको सेयर मूल्य तीव्र रूपमा झरिरहेको अन्तरराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

बीबीसीका अनुसार बुधबार मात्रै एप्पलको सेयर न्यूयोर्क स्टक एक्सचेञ्जमा ५ प्रतिशतभन्दा बढीले घटेको छ र सो दिनको अन्त्यमा कम्पनीको बजारमूल्य २३ खर्ब ७ अर्ब डलरमा आइपुगेको छ । अराम्कोको बजार मूल्य २४ खर्ब २ अर्ब डलर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here